गुर्जो बाँड्दै पूर्वसभासद् गाउँमा
ओखलढुङ्गा । पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । बडादशँैँ मनाउन गृहजिल्ला आएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुुर्जो खेतीका लाई बेर्ना वितरण गरेका छन्
रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्याङका दुई हजार सात सय तथा सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले बताए ।
गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौ वटै वडामा तीनतीन सयका दरले र बाँकी सुनकोशीको कटुुञ्जे लगायत गाउँमा रोप्ने गरी वितरण गरिएको उनको भनाइ छ ।
‘गुर्जो निकै नै उपयोगी जडिबुुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर नभई खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा गुुर्जोका बिरुवा पठाएँ’, खतिवडाले भने, ‘अहिले म गाउँगाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छुु ।
कोरोनाको ओखती छैन बरु स्वस्थ रहौंँ । जडिबुुटीमै बल गरौंँ भनेर काठमाडौंँको नर्सरीबाटै गुुर्जोका बिरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’ गाउँपालिकाका अध्यक्ष मोतीराज राईलाई नेता खतिवडाले गाउँपालिकाका सबै वडामा जडिबुडी खेती गर्न सुुझाव दिंँदै बिरुवा वितरण गरेका छन् ।
अध्यक्ष राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटिजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफूहरु लागेको बताए । कोरोनाबाट बच्नसमेत गुर्जो उपयोगी हुने भनिएपछि गुुर्जो खोजेर सेवन गर्नेको लहर नै चलेको छ । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment