दमकमा तीन संक्रमितको मृत्यु

डिसी नेपाल
१६ कार्तिक २०७७ १९:५८

दमक । दमकमा आज साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज साँझ ६ बजे दमक नगरपालिका वडा नं ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँंगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको हो ।

संक्रमणबाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको पहिलो हो ।
यसअघि आज बिहान मात्र दुई संक्रमित पुरुषको मृत्यु भएको थियो । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ र जिल्लामा ४७ पुगेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *