जापानमा मेशिनमा च्यापिएर एक नेपाली युवाकाे मृत्यु

डिसी नेपाल
१८ कार्तिक २०७७ ९:०३

यामानासी, जापान। जापानमा यामानासी केनको फुएफुकी शहरमा प्रेस मेशिनमा टाउको च्यापिएर एक नेपाली युवाको मृत्यु भएको छ। फुएफुकी शहरस्थित एक फलाम कम्पनीमा कार्यरत २७ वर्षीय सन्तोष दाहालको निधन भएको हो।

समाचार अनुसार नोभेम्बर २ तारिख बिहान ११ बजेको समयमा सो घटना भएको हो। स्वाइ सेईकी मुख्यालयको योनेकुरा कारखानामा रहेको धातु प्रशोधन कम्पनीमा एक कामदार च्यापिएको देखेपछि सँगै काम गर्दै आएका अर्का कर्मचारीले अग्नि नियन्त्रण कार्यालयमा फोन गरेका थिए।

प्रहरी र उद्दारकर्मीहरुले दाहालको उद्दार गरि फुएफुकी शहरमा रहेको अस्पताल पु-याएपनि उनलाई तत्काल मृत घोषणा गरिएको थियो।

प्रहरीका अनुसार घटना भएको समयमा निधन भएका दाहाल एक्लै काम गरिरहेका थिए। दुई मिटर अग्लो प्रेस मेशिनमा मेटल थिच्ने काम गरिरहँदा मेसिन अचानक ढल्न पुगेको जस्तो देखिएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान थालिएको प्रहरी भनाइ छ।

दाहाल श्रीमती र छोरीको साथमा सपरिवार जापानमा बस्दै आएका थिए। निधन भएका  दाहालको नेपाल घर कास्की जिल्ला, साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत कयरबारी भएको खुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *