फ्रान्सले अफ्रिकी देश मालीमा अल कायदामाथि आक्रमण गर्यो, ५० जना मारिएको दावी
फ्रान्समा पछिल्लो समय फ्रान्सुमा भएको आतंकवादी आक्रमणको जवाफमा फ्रान्सले अफ्रिकी देश मालीमा आतंकवादी संगठन अल कायदाको आश्रयस्थलमा आक्रमण गरेको बताएको छ । फ्रान्सका रक्षा मन्त्रीका अनुसार फ्रान्सको सेनाले मालीमा हवाइ आक्रमण गरेर ५० भन्दा बढी अल कायदाका आतंकवादीलाई मारेको छ । समाचार एजेन्सी एसोसिएट फ्रान्स प्रेसका अनुसार फ्रान्सको सेनाले ४ आतंकवादीलाई जीवितै पक्राउ गरेको समेत बताएको छ ।
पछिल्लो समय फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन बनाइएपछि फ्रान्स र मुस्लिमबीच विवाद चलिरहेको छ । यो विवादको क्रममा फ्रान्सका विभिन्न शहरमा आतंकवादी आक्रमणमा फ्रेन्च नागरिक मारिएका थिए । यससँगै फ्रान्सका राष्ट्रपति इम्मानुएन म्याक्रोनले आफूले हिंसाको समर्थन नगर्ने र समर्थन गर्नेलाई नछोड्ने बताएका थिए । फ्रेन्च रक्षामन्त्री फ्लोरेन्स पार्लीका अनुसार ३० अक्टोबरमा फ्रेन्च सेनाले मालीमा एयरस्ट्राइक गरेको थियो जसमा ५० भन्दा धेरै आतंकवादी मारिएका छन् र ठूलो संख्यामा उनीहरुका हतियार क्ष्तिग्रस्त भएका छन् ।
४ जना आतंकवादीहरुलाई जीवितै समातिएको छ । यो एयरस्ट्राइकको जानकारी फ्रान्सले सोमबार मात्र सार्वजनिक गरेकनो हो । जानकारीका अनुसार यी स्थानमा विष्फोटक, आत्मघाती ज्याकेट लगायतका सामान भेटिएका छन् । फ्रान्सको सेनाले मालीमा बुर्किनाफसो र नाइजरको सीमा क्षेत्रमा यो एयरस्ट्राइक गरेको बताएको छ । फ्रान्स सरकारका अनुसार मारिनेहरु अल कायदासँग सम्बन्धित थिए ।







डिसी नेपाल








Facebook Comment