अमेरिका निर्वाचन : प्रारम्भिक नतिजा आउन सुरु, बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा
काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। न्यूयोर्क टाइम्समा अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १३१ र जे बाइडेनलाई १०८ इलेक्टर्स भोट प्राप्त भएको छ। फ्लोरिडा राज्यमा ट्रम्प अगाडि छन्। न्यू ह्याम्पसायरमा बाइडनले र लुइजिआनामा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ।
न्यू ह्याम्पसायरमा ४ इलेक्टोरल मत र लुजिआनामा ८ इलेक्टोरल मत छ। अहिलेसम्मको अवस्थामा ट्रम्पले ९९ र बाइडेनले ९८ इलेक्टोरल मत जितेको प्रक्षेपण गरिएको छ।
अमेरिकाको राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ। अमेरिकी निर्वाचनमा मतगणना भैरहँदा पेन्सिल्भेनिआ, मिशिगन, विस्कनसिन र ओहायो राज्यहरूको नतिजा जुनसुकै पक्षमा जानसक्ने गरी मत परिणाम आइरहेका छन्।
रिपब्लिकनहरूको पकड रहँदै आएको एरिजोना र टेक्ससको नतिजा पनि प्रतिस्पर्धी देखिएको छ। टेक्ससमा बाइडनको जित भएमा त्यो राजनीतिक भूकम्प सरह नै हुनेछ।
अझ महत्वपूर्ण स्विङ्ग स्टेट भनिएको जोर्जिआ र नोर्थ क्यारलाइनामा कौतुहलताका साथ मतगणना अघि बढिरहेको छ। तर यदि राष्ट्रपति ट्रम्पले आफ्नो पुन: निर्वाचनलाई पक्का गर्ने हो भने उनले फ्लोरिडा र पेन्सिलभेनिआमा जित हासिल गर्नै पर्छ।







डिसी नेपाल








Facebook Comment