अर्णब गोस्वामी गिरफ्तार !
मुम्बइ। मुम्बइ पुलिसले रिपब्लिक टिभीका सम्पादक तथा मालिक अर्णब गोस्वामीलाई गिरफ्तार गरेको छ । उनलाई बुधबार बिहान गिरफ्तार गरिएको हो । उनलाई २०१८ मा एक आमाछोरालाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा गिरफ्तार गरिएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अर्णब र उनको मिडिया रिपब्लिक टिभीले भने अर्णबलाई पुलिसले कुटपिट गरेको आरोप लगाएका छन् । रिपब्लिक टिभीले अर्णबको घरबाहिरको भिडियो फुटेज देखाएको छ जसमा अर्णब र पुलिसबीच झडप भएको देखिएको छ ।
२०१८ मा ५३ वर्षका इन्टिरियर डिजाइनर अन्वय नाइक र उनकी आमाले आत्महत्या गरेका थिए । यसको जाँच सीआइडीले गरिरहेको छ । अन्वयकी पत्नी अक्षताले गएको मे महिनामा उनका पतिले रिपब्लिक टिभीको स्टुृडियोमा इन्टिरियर डिजाइनरको काम गरेको र यसको पैसा अर्णबले भुक्तानी नगरेको आरोप लगाएकी थिइन् ।
अक्षताका अनुसार रिपब्लिक टिभीको स्टुडियो डिजाइनको लागि ५ सय मजदूर लगाइएको र यसको खर्च ५ करोड ४० लाख रुपैयाँ अर्णबले नदिएपछि परिवार आर्थिक समस्यामा परेको थियो । यही कारण तनाबमा आएर अन्वय र उनकी आमाले आत्महत्या गरेको अक्षताले दावी गरेकी थिइन् । रिपोर्टमा अन्वयले सुसाइड नोटमा पनि अर्णब र अन्य २ जनामाथि आरोप लगाएका थिए ।







डिसी नेपाल








Facebook Comment