ट्रम्पको इलेक्टोरल सिटको जीत संख्या ह्वात्तै बढ्यो, बाइडेनमाथि ‘जनमत डकैती’को आरोप

डिसी नेपाल
१९ कार्तिक २०७७ १२:२१
4.4k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा जारी मतगणनामा इलेक्टोरल भोटमा राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेट उम्मेदवार जो बाइडेनको नजिकै पुगेका छन् । बाइडेनले सुरुवातमा ठूलो अन्तरले अग्रता लिएका थिए तर अहिलेसम्म त्यो अग्रता साँघुरिएको छ । नेपाली समयअनुसार मध्यान्ह सवा १२ बजेसम्म बाइडेनले २२४ इलेक्टोरल सिट जितेका छन् भने ट्रम्पले २१३ सिट जितेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २७० सिट जित्नुपर्ने हुन्छ ।

मतगणनाकै बीच डेमोक्रेट उम्मेदवार जो बाइडेनले जनतालाई सम्बोधन गरेका छन् । उनले अहिलेसम्मको स्थितिले आफू धेरै खुसी भएको बताएका छन् । विस्कनसिन र मिशिगनबाट आइरहेका खबरले आफूलाई राम्रो महसुस भएको उनले बताए । उनले जबसम्म हरेक मतको गणना हुँदैन तबसम्म चुनाव नसकिने बताए ।

मतगणनाकै बीचमा ट्रम्पले पनि ट्वीट गरेका छन् । उनले लेखेका छन् ‘हामी उचाइमा गइरहेका छौं तर उनीहरु (डेमोक्रेटहरु) जनमतमाथि डकैती गर्ने कोसिस गरिरहेका छन् । हामी कुनै हालतमा यस्तो हुन दिने छैनौं । एक पटक मतदान सकिएपछि कसैले पनि भोट हाल्न सक्दैन ।’ ट्रम्पको यो ट्वीटमाथि निर्वाचनबारे भ्रमपूर्ण सूचना प्रवाह गरेको भन्दै ट्वीटरले सेन्सर लगाएको छ । ट्रम्पले छिटै जनतालाई सम्बोधित गर्ने पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.