कांग्रेसलाई जनताले झुटो आश्वासनको सजाय दिइरहेको मोदीको दावी
पटना। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका दुई सदनमा कांग्रेस सांसदको घट्दो संख्याप्रति लक्षित गर्दै जनताले कांग्रेसलाई गरिबी निवारण र कृषि ऋणजस्ता झुटा आश्वासनको सजाय दिइरहेको बताएका छन् । बिहारमा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कांग्रेसले झुटो बोलेर देशलाई सपना देखाएको बताए ।
‘कांग्रेसले बाचा धेरै गर्यो तर काम एउटा पनि गरेन । आज कांग्रेसको हालत यस्तो छ कि लोकसभा र राज्यसभा दुवैलाई मिलाउँदा पनि कांग्रेससँग १०० सांसद पनि छैनन्’ मोदीले भने । कैयौं राज्यमा कांग्रेसको खातासमेत नखुलेको बताउँदै मोदीले उत्तरु प्रदेश, बिहारमा कांग्रेस चौथो, पाँचौं स्थानमा रहेको बताए । कांग्रेसले आश्वासन दिएर पूरा नगरेको बताउँदै गर्दा मोदी आफैंले बिहारबासीलाई आश्वासन बाँड्न भने चुकेनन् । उनले बिहारमा सबैलाई पक्की घर दिने बाचा गरे ।







डिसी नेपाल








Facebook Comment