चीनमा भएको कोइला खानी दुर्घटना आठ वेपत्ता

डिसी नेपाल
१९ कार्तिक २०७७ १८:३३
24
Shares

सिआन(एजेन्सी) । चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त भएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्न १ बजे दुर्घटना भएको यस अवस्थामा ४२ कामदार कार्यरत रहेका आकस्मिक उद्धार सेवा समूहले जानकारी दिएको छ ।

दुर्घटनाको समयमा खानीमा काम गरिरहेका ३४ कामदारलाई सुरक्षित उद्धार गरिएको पनि सो समूहले जानकारी दिएको छ । वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको सो स्रोतले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.