अमेरिकी चुनावः ५० राज्य मध्ये ४१ को नतिजा आउँदा ट्रम्पभन्दा बाइडेनलाई झिनो अग्रता
वाशिङ्टन( एजेन्सी)। अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। यो समाचार तयार पार्दासम्म ५० मध्ये ४१ राज्यको नतिजा आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ४१ राज्यको नतिजा आउँदा डेमोक्र्ट उम्मेदवार जो बाइडेनले अग्रता बनाएका छन्।
दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका राष्ट्रपति डोनाल्ड ट्रम्प भने पछाडी परेका छन्। बाइडेनलले हालसम्म २२४ इलोक्ट्रो कलेज जितेका छन् भने ट्रम्पले २१३ जितेका छन्। राष्ट्रपति निर्वाचित हुन २७० इलोक्ट्रो कलेजको आवश्यकता पर्छ।
मतगणना जारी रहँदा देखिएको टक्करले भावी अमेरिकी राष्ट्रपतिको टुंगो अदालतबाट हुनसक्नेसमेत अनुमानहरु गरिएका छन्। केहीले भने ट्रम्पले हार स्वीकार गर्न आनाकानी गर्नसक्ने विश्लेषण पनि गरेका छन्।
यसअघि पनि २०१६ को चुनावमा ट्रम्प झिने मतले विजयी भएका थिए। त्यतिबेला पपुलर भोट डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले धेरै ल्याए पनि इलोक्ट्रो कलेज भोट कम पाउँदा उनी निर्वाचित हुन सकेकी थिइनन्।
यो पटक पनि अन्तिमसम्म दुई उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ। अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि चुनावमा पराजित हुने राष्ट्रपति हालसम्म दुईजनामात्र छन्।







डिसी नेपाल








Facebook Comment