अमेरिकी चुनावः महत्वपूर्ण राज्य मिशिगनमा बाइडेनलाई अग्रता
वाशिङ्टन (एजेन्सी)। अमेरिकी चुनावको नतीजामा महत्वपूर्ण भूमिका खेल्ने राज्य मिशिगनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन्। मतगणना जारी नै छ। तर यो समाचार तयार पार्दासम्म वाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ०.२ प्रतिशतले अग्रता बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।
हालसम्म बाइडेनले ४९.३ प्रतिशत मत प्राप्त गरेका छन् भने ट्रम्पले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्। बाइडेनका पक्षमा २५१५७८१ मत गणना गरिएको छ भने ट्रम्पको पक्षमा २५०६३८८ मत गणना गरिएको छ।
१६ मा विस्कोन्सिन, मिशिगन र पेन्सिलभेनिया ती महत्वपूर्ण तीन् राज्य थिए जसका कारण ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गरेका थिए। एरिजोना र विस्कन्सिनमा बाइडेनले अग्रता बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्। बाइडेनले मिशिगनमा जित हात पारे त्यो निकै महत्वपूर्ण हुने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment