बाइडेनले अझ बढाए अग्रता, राष्ट्रपति बन्न अब ३२ इलेक्टोरल कलेज आवश्यक

डिसी नेपाल
१९ कार्तिक २०७७ २२:५०
1.6k
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी रहँदा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले लगातार अग्रता बढाएका छन्। उनले यो समाचार तयार पार्दासम्म २३८ इलेक्टोरल कजेज भोट जितेका छन्। राष्ट्रपति बन्न कम्तिमा २७० भोट आवश्यक पर्छ। उता वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल कलेज जितेका छन्।

बाइडेनले मिशिगन राज्यमा महत्वपूर्ण जित हात पारेसँगै अग्रता बढाएका हुन्। अहिले बाइडेनले अग्रता लिइरहेका राज्यहरुमा उनले जिते बाइडेन राष्ट्रपति बन्न सक्ने विश्लेषण गरिएको छ।

यद्यपी दुबै उम्मेदवारले हालसम्म आफूले जित्ने दावी गर्दै आएका छन्।

अमेरिकी इतिहासमा यसअघि जर्ज सिनियर बुसले दोस्रो कार्यकालका लागि चुनाव हारेका थिए। नत्र अमेरिकामा विरलै दोस्रो कार्यकालका लागि कुनै राष्ट्रपतिले चुनाव हार्ने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *