ट्रम्पको मुद्धा हाल्ने धम्कीको प्रतिवाद गर्न कमलाले मागिन ५ डलर सहयोग
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा प्रतिष्पर्धा गरिरहेकी डेमेक्रेटिक पार्टीकी प्रत्यासी कमला ह्यारिसले ट्रम्पको कानुनी उपचार खोज्ने धम्कीका विरुद्ध वाइडेन क्याम्पका तर्फबाट कानूनी लडाइ गर्न आर्थिक सहयोगको अपिल जारी गरेकी छिन् ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको परिणाम आउनेक्रम जारी रहंदा दुई प्रत्यासीहरु डोनल्ड ट्रम्प र जो बाइडेनका बीच तीब्र प्रतिप्पर्धा देखिएको छ । मध्यरातिदेखि राष्ट्रपति ट्रम्पले निर्वाचन परिणामबारे असन्तुष्टि जनाउंदै विभिन्न ट्वीटहरु गर्दै आएका छन् ।
यसैक्रममा राष्ट्रपति ट्रम्पले वाइडेनका भोटहरु जबर्जस्ती खोज्न थालेको भन्दै मतगणना रोक्न सर्बोच्च अदालतमा मुद्धा हाल्ने धम्की दिएका थिए । यसपछि अमेरिकाका विभिन्न संचारमाध्यमहरुले राष्ट्रपति ट्रम्पले मतगणनाविरुद्ध अदालतमा मुद्धा हाल्ने तयारी गरेको भन्ने समाचारहरु प्रकाशित गर्दै आएका छन् ।
राष्ट्रपति ट्रम्पले मुद्धा दायर गरे त्यसको प्रतिबाद गर्न आर्थिक अभाव भएको भन्दै डेमोक्रेटिक पार्टीकी उपराष्ट्रपतिकी उम्मेद्द्वार कमला ह्यारिसले केही मिनेटअघि एउटा ट्वीट गर्दै सर्वसाधारणसंग आर्थिक सहयोग माग गरेको अपिल जारी गरेकी छिन् ।
उनको अपिलमा भनिएको छ, ‘ट्रम्पले सबै भोटहरु गणना हुनबाट रोक्नका लागि अदालत जाने धम्की दिएका छन् । हामी हाम्रो तर्फबाट प्रतिवादको तयारी गर्दैछौं । यसका लागि यहांहरुको सहयोग चाहिएको छ । त्यसैले यसका लागि आज ५ डलरको सहयोग गर्न सक्नुहुन्छ ?’ उनले लडाईं अझै जारी रहेको पनि उल्लेख गरेकी छिन् ।








डिसी नेपाल








Facebook Comment