मतगणना रोक्न राष्ट्रपति ट्रम्पद्वारा अदालतमा मुद्दा, वाइडेनको अग्रता

डिसी नेपाल
२० कार्तिक २०७७ ३:१८

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्टपतीय निर्वाचनको मत गणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन्।

ट्रम्प क्याम्पेनका तर्फबाट मिसिगन राज्यको मत गणना स्थगित गर्न आदेशको माग गर्दै मुद्धा दायर गरिसकिएको छ भने पेन्सिलभेनिया राज्यको मत गणना चलिरहदा त्यहां पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्प क्याम्पेनले जनाएको छ ।

राष्टपति निर्वाचनमा मत गणना जारी रहंदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् । अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएको र मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्धा दायर भएको हो ।

समाचारअनुसार, मतगणना पारदर्शी नभएको आरोप लगाउंदै उनले मिसिगन अदालतमा मुद्धा दायर गरेका हुन् । यसैबीच अमेरिकी समाचार संस्था सीएनएनले मिसिगनमा वाइडेनले जित हासिल गरेको बताएको छ ।

पराजित भइसकेको विसकन्सिनमा पनि पुन मत गणनाको माग राखेका छन् भने पेन्सिलभेनियामा हालसम्म ट्रम्पले नै अग्रता लिएका छन् । अग्रता लिए पनि उनको मत प्रशित घट्दै र वाइडेनको बढ्दै गएको अवस्थामा त्यहां पनि पारदर्शिताको प्रश्न उठाउंदै मुद्धा दर्ताको घोषणा भएको हो ।

यसैबीच राष्ट्रपति पदका प्रतिष्पर्धी उम्मेद्द्वार जो वाइडेनले आज अपरान्ह एक पत्रकार सम्मेलन गर्दै मत गणना रोकिनु नहुने भन्दै जनताको मतको कदर गर्नुपर्ने बताए । उनले मत गणना समाप्त हुन बांकी नै रहेकाले विजयी घोषणा आफूले नखोजेको भन्दै यसअघि ट्रम्पले जितेका केही राज्यहरुमा आफ्नो अग्रताले विजयोन्मुख गराएकोमा आफू विश्वस्त रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *