अमेरिकी निर्वाचनः कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले चुनाव जिते

डिसी नेपाल
२० कार्तिक २०७७ ८:३२
1.0k
Shares

काठमाडौं। अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा एक जना यस्ता उम्मेदवारले चुनाव जितेका छन् जसको अघिल्लो महिना कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । एनबीसी न्यूजका अनुसार अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाब जितेका हुन् । उनले जितेको मंगलबार घोषणा गरिएको थियो ।

अन्डल राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार थिए । उनले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गरेका थिए । मंगलबार उनी दोस्रो पटक निर्वाचित भएका थिए । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका उनी चुनावपछि नतिजा घोषणा हुने समयमा भने जीवित रहेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.