अमेरिकी राष्ट्रपतिमा बाइडेनले जित्ने देखिएपछि भारतलाई तनाव
नयाँ दिल्ली (एजेन्सी)। अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ। अन्तिम मत परिणाम अनाउँदासम्म कसले जित्छ भन्ने यकिन हुन नसक्ने भए पनि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक हुँदा उनले जित्ने विश्लेषण हुन थालेको छ। जितका लागि आवश्यक पर्ने कम्तिमा २७० इलोक्टरल भोट मध्ये बाइडेनले हालसम्म २६४ मा जित हात पारिसकेका छन् भने ६ इलोक्टरल भोट भएको राज्यमा अग्रता बनाइरहेका छन्। नाभदा राज्यमा मतपरिणाम नउल्टिए बाइडेन राष्ट्रपति निर्वाचित हुने लगभगक पक्का जस्तै बनेको छ।
बाइडेन राष्ट्रपति बन्ने देखिएपछि उनको विदेश नीतिलाई लिएर विभिन्न देशहरुमा विश्लेषण शुरु भएको छ। बाइडेनले जित्ने देखिएपछि सबैभन्दा तनावमा भारत परेको भारतीय सञ्चार माध्यमहरुका समाचारहरुले देखाएको छ।
भारतीय संस्थापन निकट मानिने आजतकले बाइडेन र उनले उपराष्ट्रपतिको उम्मेदवार बनाएका कमला ह्यारिसको जोडी ह्वाइट हाउस पुगे भारतप्रति कडा र पाकिस्तानप्रति नरम हुने चिन्ता प्रकट गरेको छ।
बाइडेनले भारतले जम्मू कश्मीरको विशेषाधिकार हटाउन संविधानको धारा ३७० खारेज गरेको विरोधमा अभिव्यक्ति दिएका थिए। उनले भारत धर्म निरपेक्ष राष्ट्र भए पनि नागरिक ऐन संशोधन गरेर धर्मनिरपेक्षको विरोधी काम गरेको भन्दै आलोचना गरेका थिए। उनले जम्मू कश्मीरका नेताहरुलाई लामो समय नजरबन्दमा राखेको विषयमा पनि विरोध जनाएका थिए।
उता कमला ह्यारिस भारतीय मूलकी भए पनि उनले भारतको विजेपी सरकारले धारा ३७० खारेज गरेको र नागरिक ऐन संशोधन गरेकोमा आपत्ति जनाएकी थिइन्। भारतीय विदेशमन्त्री एस जय शंकरले अमेरिका भ्रमणका क्रममा नागरिक ऐन र धारा ३७० का विषयमा भारतको आलोचना गरेका सांसदलाई भेट्न अस्वीकार गरेपछि ह्यासिले एस जय शंकरको कडा आलोचना गरेकी थिइन्।
उता बाइडेन भारतको परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानप्रति भने नरम रहेको देखिन्छ। उपराष्ट्रपति हुँदा बाइडेनकै सक्रियामा ओबामा प्रशासनले पाकिस्तानलाई दिइने सहयोगलाई निरन्तरा दिएका थिए। त्यसपछि पाकिस्तानले उनलाई सम्मान पनि गरेको थियो।







डिसी नेपाल








Facebook Comment