ट्रम्पलाई अर्को झड्का, पेन्सिल्भेनियामा पनि बाइडेनले बनाए अग्रता

डिसी नेपाल
२१ कार्तिक २०७७ २०:०२
320
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ। उनले शुरुदेखि अग्रता लिइरहेको २० इलोक्टोरल भोट रहेको महत्वपूर्ण राज्य पेन्सिल्भेनियामा पछाडी परेका छन्।

मतगणना अन्तिमतरि पुग्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता बनाएका छन्। ट्रम्पलाई राष्ट्रपति बन्न अन्तिम आशा पेन्सिल्भेनिया थियो। तर, ९५ प्रतिशत मतगणना हुँदा उनी पछाडी परेसँगै पराजित हुने सम्भावना बढेको छ।

पेन्सिल्भेनियामा बाइडेनले ३२ लाख ९५ हजार मत प्राप्त गर्दा ट्रम्पले ३२ लाख ८९ हजार मत प्राप्त गरेका छन्। यसअघि मतगणनाको तेस्रो दिन ट्रम्प जर्जिया राज्यमा पनि अग्रता गुमाउन पुगेका थिए।

राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्टोरल भोट मध्ये बाइडेनले २५३ जितिसकेका छन् भने ५३ इलेक्टोरल कलेज भएका राज्यमा अग्रता बनाएका छन्। उता ट्रम्पले भने २१३ मा जितेका छन् भने १८ इलेक्टोरल मत भएको राज्यमामात्र अग्रता बनाएका छन्।

चुनाव हार्ने देखेपछि ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *