ओली निकटकालाई पराजित गर्दै बारबाट न्यायपरिषद् सदस्यमा प्रचण्ड–माधव निकट श्रेष्ठ निर्वाचित
काठमाडौं। नेपाल बार एसोसिएशनको कोटामा न्यायपरिषद् सदस्य सिफारिस हुने एक सदस्यका लागि शनिबार भएको मतदानमा रामप्रसाद श्रेष्ठ विजयी हुँदै सिफारिस भएका छन्।
कम्युनिष्टहरुको बाहुल्य रहेको बारबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष निकट महेश नेपाललाई पराजित गर्दै प्रचण्ड–माधव निकट श्रेष्ठ विजयी भएका हुन्।
ओली समूह र प्रचण्ड–माधव समूहमा कसलाई सिफारिस गर्ने भन्ने विवाद भएपछि मतदानबाट टुंगो लगाइएको एक पदाधिकारीले जनाए। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि प्रचण्ड–माधव निकट मानिन्छन्।
महेश नेपालले १० मत र श्रेष्ठले १३ मत पाएको बारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment