बाबुराम र हिसिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ

डिसी नेपाल
२३ कार्तिक २०७७ ११:०९
168
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ।

यसअघि कात्तिक ७ गते स्वाब दिएका बाबुराम र हिसिलाको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसयता उनीहरु दुवै होम आइशोलेशनमा बसेका थिए। १४ दिन पूरा भएपछि पुनः स्वाब दिएका उनीहरुको रिपोर्ट फेरि पोजेटिभ आएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

भट्टराईले आइतबार सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ बुढाबुढी सँगसँगै कोराना विरुद्ध मोर्चा कस्दै! लडाइँ केही लामै होला जस्तो पो छ त!’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *