लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए ‘पूर्वै शहर’ [भिडियाे]

डिसी नेपाल
२४ कार्तिक २०७७ १४:०६
92
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । भिडियोमा प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र गाउँ घर गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको छ । गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् । सुमन श्रेष्ठले खिचेको भिडियोको छायांकन बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.