ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका तीनैजनाको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७७ २३:२९
32
Shares

तुलसिपुर। दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *