आइसोलेशन सहयोगीको मद्दतमा सुरक्षा गार्डले बनाए पीसीआर परीक्षणको नक्कली रिपोर्ट, तीनजना पक्राउ
काठमाडौं। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोनाको पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाइने गरेको खुलेको छ। प्रहरीले बुधबार अस्पतालमा छापा मारी तीनजनालाई पक्राउ गरेपछि नक्कली धन्दाको पर्दाफास भएको हो।
पीसीआर परीक्षणको नेगेटिभ नतिजालाई पोजेटिभ र पोजेटिभ नतिजालाई नेगेटिभ बनाइएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले डिसी नेपाललाई जानकारी दिए। उनले भने, ‘अस्पतालका सहयोगष्ी स्तरको कर्मचारी र दुईजना सुरक्षा गार्डले नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाएको पाइएको छ।’ तर, उनले यो प्रकरणमा अस्पतालका उच्च कर्मचारी संलग्नता भने नरहेको बताए।
प्रहरीले आइसोलेशन सेन्टरका सहयोगी विवेक अधिकारी, सुरक्षा गार्ड प्रमुख बासुदेव जोशी र सुरक्षा गार्ड बर्दी खनाललाई पक्राउ गरेको छ। अधिकारी सरकारी कर्मचारी भएकाले उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धानले अनुसन्धान गर्ने र अन्य दुईजनाबारे प्रहरीले अनुसन्धान गर्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment