प्रदेश १ मा १६ हजार कारोना सङ्क्रमित निको भए

डिसी नेपाल
२७ कार्तिक २०७७ १८:३५
32
Shares

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हनेहरुमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई/दुई, इलाम, तेह्रथुम र भोजपुर एक÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन् । यसप्रदेशमा आज ६६२ जना सङ्क्रमित सहित अहिलेसम्ममा १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.