प्रतिष्ठानमा अब आठ थान भेन्टिलेटर

डिसी नेपाल
२७ कार्तिक २०७७ १८:३७
40
Shares

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरको सङ्ख्या आठ पुगेको छ । यसअघि प्रतिष्ठानमा भेन्टिलेटरको सङ्ख्या छ थियो । बुधबार हेल्थ केयर डिपार्टमेन्ट काठमाडौँले दुई थान भेन्टिलेटर सहयोग गरेसँगै अब भेन्टिलेटरको सङ्ख्या आठ पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

“प्रतिष्ठानमा हाल १० वटा आईसीयूको व्यवस्था छ”, निर्देशक डा रावलले भने, “यद्यपि अहिलेसम्म अन्य रोग बाहेक कोरोना सङ्क्रमितलाई जुम्लामा आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आइपुगेको छैन ।” कोरोना सङ्क्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा पुग्न नपरोस् भन्ने मर्मका साथ सचेतना तथा उपचारमा विशेष जोड दिइएको उहाँले बताउनुभयो । हाल जुम्लामा ३४६ जना सङ्क्रमित रहेको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *