दुईजना वरिष्ठ चिकित्सकहरुको कोरोनाका कारण निधन

डिसी नेपाल
१ मंसिर २०७७ १७:५४
892
Shares

काठमाडौं। कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनील झाको आइतबार राति कोरोनाका कारण निधन भएको जनाएको छ।

यस्तै नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको छ। दुबैजना कोरोनाका विरामीको उपचार गर्दागर्दै आफै संक्रमित बन्न पुगेका थिए। स्वास्थ्य मन्त्रालयले दुई चिकित्सकको मृत्युले राष्ट्रलाई अपुरणीय क्षति भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *