इटहरीकाे आइसोलेसनमा सामुहिक भाईटीका

डिसी नेपाल
१ मंसिर २०७७ २२:५५

इटहरी । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहेकी एकजना संक्रमित महिलाले टीका लगाइदिइन् ।

११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिइन् । टीका,माला,सेलरोटी,फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुगेकी थिइन् ।संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन ।

स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भने “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अव उहाँले भाई बनाउनुभयो,अव म दिदी भन्छु ”
यस्तो अवस्थामा पनि टीका लगाइदिएकोमा उपमेयर गौतमलाई हार्दिक धन्यवाद दिएको उनले वताए ।

चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले बताइन् ।

बर्षदिनको चाडवाडका वेला संक्रमितभएर घर परिवार भन्दा टाढा वस्नुपर्दा र उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले बताइन् । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *