शितल निवास पुगे प्रचण्ड
फाइल फोटो
काठमाडौं। नेकपामा विवाद चर्किरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै पेश गरेको एकल राजनीतिक प्रतिवेदनले नेकपा विभाजनकै अवस्थामा पुगेको चिन्ता नेकपाकै नेताहरुले गरिरहेका बेला मंगलबार साँझ प्रचण्ड शितल निवास पुगेका हुन्।
बुधबारका लागि यसअघि नै तय भएको सचिवलाय बैठक सार्ने पक्षमा ओली समूह र बैठक नसार्ने पक्षमा प्रचण्ड रहेका छन्। यहीबीचमा प्रचण्ड शितल निवास पुग्नुलाई महत्वपूर्ण मानिएको छ।
नेकपाको आन्तरिक विवादमा पटक पटक राष्ट्रपति भण्डारीले सहजकीरण गर्दै आएकी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment