इथियोपियाको टिग्रेमा जारी सैन्य कारबाही नरोकिने प्रधानमन्त्री अबियको भनाई

डिसी नेपाल
२ मंसिर २०७७ २०:५२
36
Shares

नैरोबी(एजेन्सी) । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सशस्त्र संघर्ष जारी रहेको उत्तरी टिग्रेमा जारी सैन्य कारबाही नरोकिने बताएका छन् ।

उत्तरी टिग्रेको क्षेत्रीय सरकारले स्थानीय विद्रोहीलाई मद्दत गरेको भन्दै इथियोपिया सरकारले त्यस क्षेत्रमा दुई सातादेखि भिषण सैन्य कारबाही जारी राखेको छ ।

प्रधानमन्त्री अबियले मंगलबार सामाजिक संजालमा लेख्दै टिग्रे क्षेत्रका नेताहरुलाई तीन दिनको समयावधि दिएको बताएका छन्।

गत वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त प्रधानमन्त्री अबियले संवादका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको अनुरोधलाई अस्वीकार गरिरहेका छन् । हर्न अफ अफ्रिका नाम दिइएको टिग्रेमा जारी युद्धबाट छिमेकी मुलुक इरिट्रियामा पनि असर परेको छ ।

युद्धबाट बच्न २७ हजार भन्दा बढी इथोयोपियाली शरणार्थीहरु सुडानतर्फ भागेका छन् ।

राष्ट्रसंघीय निकायका प्रवक्ता बाबर बलोचले युद्धबाट त्रस्त व्यक्तिहरु दैनिक झण्डै चार हजार शरणार्थीका रुपमा अन्यत्र भागिरहेको बताए।

इथियोपियामा जारी युद्धप्रति निकै चिन्तित देखिएका उगान्डा र केन्या समेतका मुलुकले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेका छन् । तर अबियको सरकारले टिग्रेको क्षेत्रीय सरकार गैरकानुनी रहेको बताउँदै आएका छन् किनभने टिग्रेको सरकारले गत सेप्टेम्बरमा जबर्जस्ती स्थानीय निर्वाचन गराएको थियो ।

इथियोपियाको संघीय सरकारले मंगलबार टिग्रेको क्षेत्रको राजधानी मेकेले बाहिर नयाँ हवाई आक्रमण गर्ने बताएको छ ।

टिग्रेको टेलिभिजनले पनि आवासीय क्षेत्रमा बमबारी गरेको दृश्य प्रशारण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.