ट्रम्पको दावीलाई ‘आधारहीन’ भन्दा अमेरिकाका शीर्ष निर्वाचन सुरक्षा अधिकारीको जागिर गयो

डिसी नेपाल
३ मंसिर २०७७ १२:४३
104
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै गरेको दावी अस्वीकार गरेका अमेरिकाका शीर्ष निर्वाचन सुरक्षा अधिकारी त्रिस क्रेब्सको जागिर गएको छ । ट्रम्पले ट्वीटरमा यसको घोषणा गर्दै भनेका छन् ‘क्रिस क्रेब्सलाई निर्वाचन सुरक्षा अधिकारी पदबाट तत्काल लागू हुने गरी बर्खास्त गरिएको छ ।’ क्रेब्स साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीका निर्देशक थिए ।

क्रिस क्रेब्सको नेतृत्वमा रहेको यो एजेन्सीले निर्वाचन सुरक्षासँग सम्बन्धित अन्य एजेन्सीहरुसँगै संयुक्त रुपमा ’३ नोभेम्बरको निर्वाचन अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित भएको’ घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार बिना कुनै आधार र प्रमाण निर्वाचनमा धाँधली भएको दावी गर्दै आइरहेका छन् । ट्रम्पले आफ्नो ट्वीटमा क्रिस क्रेब्सले हालै निर्वाचनमा दिएको बयान गलत भएकोले उनलाई पदबाट हटाइएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.