२१ जना अपराधीलाई एकैचोटी फाँसीमा झुण्ड्याइयो !

डिसी नेपाल
३ मंसिर २०७७ १४:३२
3.7k
Shares

काठमाडौं। २१ जना आतंकवादी र हत्याका अपराधीहरुलाई एकैपटक फाँसीमा झुण्ड्याइएको छ । फाँसीमा झुण्ड्याइएकाहरुको पहिचान खुलाइएको छैन । यीमध्ये २ जना इराकको उत्तरी शहर तल अफरमा आत्मघाती बम आक्रमणमा संलग्नहरु पनि छन् । यो आक्रमणमा दर्जनौं मारिएका थिए । इराकको आन्तरिक मन्त्रालयले एक बयान जारी गर्दै यो जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । दक्षिण इराकको शहर नसिरियाको जेलमा यी सबैलाई फाँसी दिइएको हो ।

अमेरिका समर्थित सैन्य अभियानमा २०१४ देखि २०१७ को बीचमा इस्लामिक स्टेटलाई पराजित गरेपछि इराकमा सयौं संदिग्ध जिहादीहरुमाथि मुद्दा चलाइएको छ र कैयौं पटक सामूहिक फाँसी दिइएको छ । मानवअधिकार समूहले इराकी र अन्य क्षेत्रीय बलहरुमाथि न्यायिक प्रक्रियामा विसंगती र मुद्दामा कमजोरीका आरोप लगाएका छन् । तर, इराकले भने आफ्ना मुद्दा निष्पक्ष भएको बताएको छ । इस्लामिक स्टेटले २०१४ मा एक तिहाइ इराकमा कब्जा गरेको थियो । तर, तीन वर्षमा उसलाई इराक र छिमेकी देश सिरियामा धेरै हदसम्म पराजित गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.