भ्लादिमिर पुटिन र अर्का एक रुसी नागरिकविरुद्ध जीवनभर कुनै पनि आपराधिक मुद्दा नलाग्ने !

डिसी नेपाल
४ मंसिर २०७७ ८:२१
432
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अब जीवनभर कुनै पनि आपराधिक मुद्दा लाग्ने छैन । रुसको संविधानमा नयाँ संशोधन गरिँदैछ । यो संशोधनपछि पुटिनमाथि पदबाट हटे पनि कुनै आपराधिक मुद्दा चलाइने छैन । बीबीसीको रिपोर्टअनुसार यो विधेयक दुवै सदनबाट पास भएपछि स्वयं पुटिनले यो विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुनको रुपमा लागू गर्नेछन् ।

रुसी संसदको तल्लो सदन डुमाले नयाँ संशोधन पारित गरेको छ । यो संशोधनअनुसार अब रुसका कुनै पनि पूर्व राष्ट्रपतिमाथि आपराधिक मुद्दा चलाइने छैन । पुटिनसँगै अर्का एक रुसीमाथि यो नयाँ संशोधन लागू हुनेछ । पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले पनि यो कानुनको लाभ पाउनेछन् किनकि पुटिनबाहेक उनी एकमात्र जीवित पूर्वराष्ट्रपति हुन् । दिमित्री मेदभेदेव पुटिनका सहयोगी हुन् । नयाँ संशोधनअनुसार पूर्व राष्ट्रपति मात्र नभइ उनको पूरै परिवार आपराधिक मामिलामा पुलिसको अनुसन्धानको दायराबाट बाहिर रहनेछन् । साथमा उनीहरुको सम्पत्ति पनि जफत गर्न सकिने छैन ।

पुटिनको उमेर ६८ वर्ष छ र उनको चौथो कार्यकाल २०२४ मा पूरा हुँदैछ । तर, संवैधानिक संशोधनपछि उनले ६ वर्षका थप २ कार्यकाल राष्ट्रपतिको रुपमा पूरा गर्न पाउनेछन् । पुटिन सन् २००० देखि नै रुसको सत्तामा छन् । नयाँ बचाव विधेयकमा असाधारण परिस्थितिमा गरिएका गम्भीर अपराध र राजद्रोहको मुद्दालाई भने अपवादको रुपमा राखिएको छ । यस्तो स्थितिमा भने पूर्व राष्ट्रपतिमाथि पनि मुद्दा चलाउन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.