४ वर्षकी बालिका मृत फेला, बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्यो

डिसी नेपाल
४ मंसिर २०७७ २०:२४

वाग्मती । मकवानपुरमा ४ वर्षकी बालिकाको हत्या भएको छ । घाइते एवं अचेतावस्थामा फेला परेकी बालिकाको हेटाँैडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए।

सो घटनामा एक जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा  १६ बर्षे बालक रहेका छन् ।

उनले प्रहरी समक्ष आफूले बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । उनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

प्रारम्भिक चरणको अनुसन्धानमा फकाएर नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको खुलेपनि अनुसन्धान पूरा भईनसकेको प्रवक्ता रानाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *