इरानमा कोरोना सङ्क्रमितको संख्या ८ लाख नाघ्यो, मृत्यु हुने ४३ हजार बढी

डिसी नेपाल
४ मंसिर २०७७ २३:०४
32
Shares

तेहरान(सिन्ह्वा) । इरानमा गत २४ घण्टामा १३ हजार २२३ जनामा थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १५ हजार ११७ पुगेको बिहीबार जनाइएको छ ।

गत २४ घण्टामा सङ्क्रमित भएको व्यक्ति मध्ये २ हजार ९३८ जनालाई भने अस्पतालमा भर्ना गर्ने पर्ने स्वास्थ्य मन्त्रालयमा महिला प्रवक्ता सिमा सदात लारीले बताएकी छन् ।

इरानमा २४ घण्टा कोरोना भाइरस भाइरस सङ्क्रमणको कारण ४७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४३ हजार ४१७ जना पुगेको छ ।

इरानमा कोरोना भाइरस सङ्क्रमित मध्ये ५ लाख ८३ भन्दा बढी निको भएका पनि समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.