छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
५ मंसिर २०७७ ८:५३
40
Shares

हेटाैंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन्। छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ।

“हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ । संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ।

ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठपर्व मधेशीको मात्र नभई आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ । यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *