हारेको राज्यमा ‘हामीले जित्यौं’ भन्दै ट्रम्पले मुद्दा फिर्ता लिए
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले मिशिगनको निर्वाचन परिणामबारे हदालतमा हालेको मुद्दा फिर्ता लिएको जनाएको छ । डेटेइट र वायन काउन्टीमा निर्वाचन परिणाम प्रमाणीकरण रोक्न आफूहरुले सफलता पाएको भन्दै मुद्दा फिर्ता लिइएको बताइएको ब्लूमबर्गले लेखेको छ । यद्यपि त्यहाँको परिणाम जो बाइडेनको पक्षमा प्रमाणीकरण भइसकेको छ ।
We withdrew because we won! https://t.co/aMoNQXEj4z
— Donald J. Trump (@realDonaldTrump) November 19, 2020
उता राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो समाचारको लिंकलाई ट्वीटरमा शेयर गर्दै मिशिगनमा आफूहरुले जितेको दावी गरेका छन् । समाचार शेयर गर्दै राष्ट्रपति ट्रम्पले लेखेका छन् ‘हामीले मुद्दा फिर्ता लियौं किनकि हामीले जित्यौं ।’ तर, परिणामले भने राष्ट्रपति ट्रम्पले प्रस्टसँग हारेको देखाएको छ । कानुनी विश्लेषकहरुले ट्रम्पले निर्वाचन परिणाम उल्ट्याउन प्रयोग गरेका कानुनी विकल्प पनि सबै फेल भइसकेको बताएका छन् ।
शुक्रबार मात्रै ट्रम्पको पार्टी रिपब्लिकनका तर्फबाट दायर गरिएका मुद्दा एरिजोना, जर्जिया र पेन्सलभेनियामा खारेज गरिएका छन् । तीन राज्यमा केही घण्टाको फरकमा न्यायाधीशहरुले मुद्दा खारेज गरिदिएका थिए । अर्कोतर्फ शुक्रबार नै ट्रम्पले जर्जियामा चुनाब हारेको आधिकारिक घोषणा भएको छ । ट्रम्पकै पार्टीका जर्जियाका सेक्रेटरी अफ स्टेटले ट्रम्पले १२ हजार भन्दा धेरै मतले हारेको घोषणा गर्दै निर्वाचनमा धाँधली नभएको प्रस्ट पारेका छन् ।







डिसी नेपाल








Facebook Comment