झापामा थप दुई सङ्क्रमितको मृत्यु

डिसी नेपाल
५ मंसिर २०७७ १९:३७

बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए । योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।

त्यस्तै, झापामा आज २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार १९७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *