काठमाडौं उपत्यकामा थपिए ८९९ जना संक्रमित, सक्रिय संक्रमित १२ हजार बढी

डिसी नेपाल
६ मंसिर २०७७ १६:५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख १ हजार ७७१ पुगेको छ । तिमध्ये हाल १२ हजार ९८४ जना संक्रमित सक्रिय रहेका छन् ।

उपत्यकाको भक्तपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ हजार ३८५ जना, ललितपुरमा १२ हजार ११३ जनार काठमाडौँमा ८२ हजार २७३ जना रहेका छन् ।

संक्रमितमध्ये ४९० जनाको मृत्यु भइसकेको छ, भने ८८ हजार २९७जना संक्रमणमुक्त भएर फर्किएका छन् ।

हालसम्म काठमाडौँमा ७१ हजार ८५६ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित १० हजार १०१ जना छन् ।

यस्तै ललितपुरमा ९ हजार ९०९ संक्रमणमुक्त भएका छन् भने ९० जनाको मृत्यु भएको छ । २ हजार ११४ संक्रिय संक्रमित छन् ।

भक्तपुरमा ६ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् भने ८४ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७६९ संक्रिय संक्रमित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *