प्रदेश नं १ मा थप १३५ सङ्क्रमित, ३६८ निको

डिसी नेपाल
६ मंसिर २०७७ २२:००

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३६८ कोरोना निको भएका छन् भने १३५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

नयाँ सङ्क्रमितमध्ये ६७ महिला र ६८ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना निको हुनेमा होम आइसोलेसनका ३६५ छन् भने न्यूरो अस्पताल विराटनगरका तीन जना छन् ।

यस प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या २० हजार ५८८ छन् भने सङ्क्रमितको सङ्ख्या २५ हजार ७६ जना छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५०, झापामा ५४, सुनसरीमा छ, इलाम र धनकुटामा तीन–तीन र पाँचथरमा एक जना छन् ।

यस अवधिमा ४७० जनाको पीसीआर परीक्षणसहित हालसम्ममा कूल एक लाख ८२ हजार ६०७ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिले पनि चार हजार ४८८ सक्रिय सङ्क्रमित छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *