बेग र मञ्जुको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
७ मंसिर २०७७ १७:१७
124
Shares

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मन्जु लावतीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक भएको छ।

लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमासँगै काम गर्दै आएका बेग राना र मन्जु लावतीको यो पछिल्लो नया गीति एल्बम हो । उनीहरुबीचको सृजना नेपाली लोक पाराखी मनहरुले मन पराउँदै आएका छन्।

बेग रानाको लय र शब्द सृजनामा रहेको उक्त गीतमा आवाज पनि बेग राना र मन्जु लावती कै रहेको छ । गीतमा चर्चित मोडल लोमश शर्मा र सरु धिमाल रहेका छन् । जनता डिजिटलले बजारमा ल्याएको उक्त गीतको निर्देशन निशान एस केले गरेका हुन् ।

दिपक गिरीको छायांकन र अमृत चापागाईको सम्पादन रहेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.