पाकिस्तानमा पुनः कोरोना फैलियो : शैक्षिक संस्थाहरु बन्द, परीक्षा स्थगित

डिसी नेपाल
८ मंसिर २०७७ २०:३४
72
Shares

काठमाडौं । कोरोनाभाइरसका सङ्क्रमितहरुको संख्यामा वृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.