पाकिस्तानमा पुनः कोरोना फैलियो : शैक्षिक संस्थाहरु बन्द, परीक्षा स्थगित
काठमाडौं । कोरोनाभाइरसका सङ्क्रमितहरुको संख्यामा वृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।
सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment