हरेक पटक नीतीश कुमार मुख्यमन्त्री बन्दा आफ्नो औंला काट्ने युवकले चौथौ औंला पनि काटे
काठमाडौं। भारतको बिहार राज्यको जहानाबादमा एक युवक यस्ता छन् जसले नीतीश कुमार हरेक पटक मुख्यमन्त्री बन्दा आफ्नो एउटा औंला काटेर भगवानलाई चढाउँछन् । जहानाबादका अनिल शर्मा नामका यी युवकले सोमबार आफ्नो चौथो औंला पनि काटेर गोरैया बाबाको मन्दिरमा चढाए । अनिल नीतीश कुमारका ठूला फ्यान हुन् र उनले हरेक पटक निर्वाचनपछि नीतीश मुख्यमन्त्री बन्दा औंला काट्ने गर्छन् ।
४५ वर्षका अनिल शर्मा उर्फ अली बाबाले यसअघि नीतीश मुख्यमन्त्री बन्दा आफ्ना तीन औंला काटिसकेका थिए । १६ नोभेम्बरमा नीतीशले मुख्यमन्त्रीको शपथ लिएपछि उनले फेरि अर्को औंला काटे । अनिल शर्माको यो लगाव देखेर त्यहाँका मानिसहरु भने अचम्ममा परेका छन् । अनिलले भने यसो गर्दा आफूलाई खुसी लाग्ने बताउँछन् । उनले यस पटक पनि गोरैया बाबासँग मुख्यमन्त्री नीतीश नै बनुन भनेर मागेका थिए । भगवानले आफ्नो प्रार्थना सुनेकाले आफूले औंला चढाएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment