बेलिजका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

डिसी नेपाल
९ मंसिर २०७७ १४:१८
8
Shares

मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उनि आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछन् । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.