१८ वर्षीया दिप्ताको ‘यो जिन्दगी’ सार्वजनिक [भिडियो]
काठमाडौं । बेलायतबाट १८ वर्षीया दिप्ता थापाको स्वर रहेको पहिलो म्यूजिक भिडियो ‘यो जिन्दगी’ सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियो बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले विमोचन गरेका हुन् ।
विमोचन गर्दै राजदूत सुवेदीले यस गीतमा प्रयोग भएका शब्दहरु निकै मार्मिक भएकोे भन्दै गीतका सर्जक सन्जित देउजा तथा लय, शब्द, एरेन्जर, संगीतकार साथै सम्पूर्ण भिडियो निर्माण टिमप्रति बधाई सहित धन्यवाद दिए ।
गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ । भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता गौतम र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको छायांकन, सम्पादन र निर्देशन बेलायतमा स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment