निशान र अर्जुनको नयाँ गीत ‘तिमीलाई देखेपछि’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
१० मंसिर २०७७ १५:२७

काठमाडौं। चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाईन म्यूजिकबाट रिलीज भएको हो ।

गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ । गीतमा युवा–युवतीको भेटपछि भएका प्रेमका कुराहरु रहेका छन् । गायक भट्टराईले आफूले गाएका गीतमा मन परेका गीत मध्ये यो गीत पनि एक रहेको बताए । संगीतकार पोखरेलले यो गीतबाट आफूले निकै आशा गरेको बताए ।

शुरेष दर्पण पोखरेलले भिडियोको निर्देशन गरेका छन् । संयुक्त राज्य अमेरिकाका विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको यस भिडियोमा भरत सुबेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । बिनोद अधिकारीले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिंग भरत रेग्मीले गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.