४ महिनाअघि मेगन मर्केलको गर्भ खेर गएको खुलासा
काठमाडौं। बेलायतकी डचेज अफ ससेक्स, राजकुमार ह्यारीकी पत्नी मेगन मर्केलले ४ महिनाअघि गएको जुलाइमा आफ्नो गर्भ खेर गएको खुलासा गरेकी छिन् । खेर गएको गर्भ उनको दोस्रो गर्भ थियो । न्यूयोर्क टाइम्सको लागि लेखेको एक लेखमा राजकुमारी मर्केलले आफूले पहिलो सन्तान आर्ची ह्यारिसन माउन्टबाटेन विन्डसरको डाइपर परिवर्तन गर्ने क्रममा शरीरमा तीब्र कम्पन महसुस गरेको बताएकी छिन् । आर्चीको जन्म २०१९ मा भएको थियो ।
‘म उसलाई हातमा समाएरै भुइँमा लडें, उसलाई लोरी सुनाउँदै हामी दुवैलाई सहज राख्ने प्रयत्न गरें । त्यो माहोलमा मलाई महसुस भइरहेको थियो कि केही ठिक छैन’ उनले लेखेकी छिन् ‘मलाई थाहा थियो जतिबेला पहिलो सन्तानलाई काखमा समाइरहेको थिएँ, दोस्रो सन्तानलाई गुमाउँदै थिएँ ।’ पूर्व अभिनेत्री समेत रहेकी मेगनले लेखमा दोस्रो सन्तान गुमाउँदाको पीडा बयान गरेकी छिन् ।
‘म अस्पतालको बेडमा मेरा श्रीमानको हात समातेर पल्टिरहेकी थिएँ । मैले उनको हातका रेखाहरु महसुस गर्ने कोसिस गरें अनि चुपचाप चुम्बन गरें । हामी दुवैका आँखा भिजेका थिए र चिसा सेता भित्तँहरुलाई हेरिरहेका थियौं । मेरा आँखा लोलाउन थाले । मैले अब हामी पुनः कसरी सामान्य अवस्थामा फर्किन सक्छौं भनेर कल्पना गर्न थालें’ मेगनले लेखेकी छिन् ।







डिसी नेपाल








Facebook Comment