जो बाइडेनसँगै डोनाल्ड ट्रम्पले पनि बनाए अमेरिकी इतिहासमै सर्वाधिक भोटको रेकर्ड

डिसी नेपाल
११ मंसिर २०७७ १०:५४
996
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन अमेरिकी इतिहासमै ८ करोडभन्दा धेरै लोकप्रिय भोट पाउने एक मात्र राष्ट्रपति पदका उम्मेदवार बनेका छन् । उनको यो रेकर्ड ब्रेकिङ भोट अझै बढ्ने अपेक्षा गरिएको छ किनकि देशमा अझै पनि मतगणना जारी छ । सीएनएनका अनुसार मंगलबार बेलुकीसम्म बाइडेनले ८ करोड ११ हजारभन्दा धेरै भोट पाइसकेका छन् । डोनाल्ड ट्रम्पले पनि ७ करोड ३८ लाखभन्दा धेरै भोट पाइसकेका छन् ।

डोनाल्ड ट्रम्पले पनि सर्वाधिक भोटको रेकर्ड बनाएका छन् । ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा धेरै लोकप्रिय भोट पाउने बहालवाला राष्ट्रपतिको रुपमा रेकर्ड बनाएका छन् । यसअघि कुनै पनि बहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालको लागि चुनाब लड्दा ट्रम्पले जति भोट पाउन सकेका थिएनन् । दोस्रो कार्यकालका लागि मात्र नभइ अहिले जो बाइडेनले बाहेक यसअघि कुनै पनि राष्ट्रपति पदका उम्मेदवारले ट्रम्पले अहिले पाएजति भोट पाएका थिएनन् । यससँगै ट्रम्प अमेरिकी इतिहासमा दोस्रो सबैभन्दा धेरै लोकप्रिय भोट पाउने उम्मेदवार बनेका छन् ।

बाइडेनले ३०६ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले २३२ इलेक्टोरल भोट जितेका छन् । राष्ट्रपति बन्नको लागि २७० इलेक्टोरल भोट चाहिन्छ । यस वर्ष अमेरिकीहरुले रेकर्ड संख्यामा मतदान गरेका छन् । यस वर्ष महामारीका कारण मेलमार्फत मतदान भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.