काठमाडौं आइपुगे भारतीय विदेश सचिव
काठमाडैं। भारतीय विदेश सचिव हर्ष वद्र्धन श्रृंगला काठमाडौं आइपुगेका छन्। उनी १० बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ।
विमानस्थलबाट श्रृंगला सिधै याक एण्ड यति होटलमा पुगेको स्रोतले बताएको छ। दुई दिने भ्रमणका लागि नेपाल आएका श्रृंगलाको यो शिष्टाचार भ्रमण हो। काठमाडौंमा रहँदा श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालबीच द्विपक्षीय वार्ता हुनेछ।
त्यस्तै श्रृंगलाले प्रधानमन्त्री केपी शर्मासँग शिष्टाचार भेट गर्नेछन्। उनले अन्य उच्च राजनीतिक भेट पनि गर्ने छन्। नक्सा विवादका कारण गत वर्षदेखि नेपाल र भारतबीच कूटनीतिक मौनाता रहेको बेला भारतीय विदेश सचिवको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यो भ्रमणपछि राजनीतिक तहमा वार्ताको ढोका खुल्ने विश्वास गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment