जीममा पसिना बगाउँदै क्रिकेटर (फोटोफिचर)

डिसी नेपाल
१२ मंसिर २०७७ १९:१०
60
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबारदेखि बन्द प्रशिक्षणमा फर्किएको छ। कोरोना महामारीपछि रोकिएको प्रशिक्षण बिहीबार शुरु भएको हो। स्वास्थ्य मापदण्ड लागू गर्दै शुरु गरिएको प्रशिक्षणमा खेलाडीहरुले निकै परिश्रम गरिरहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सार्वजनिक गरेको तस्वीरहरुमा खेलाडीहरु जीममा पसिना बगाइरहेको देख्न सकिन्छ। प्रशिक्षण शुरु गर्नुअघि गरिएको कोरोनाको पीसीआर परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहितकुमार पौडेल संक्रमित भएको पुष्टि भएपछि क्यानले प्रशिक्षण स्थलमा पत्रकारलाई पनि जान निषेध गरेको छ।

महत्वपूर्ण तीनजना खेलाडी कोरोना संक्रमित भएपछि क्यानले २२ सदस्यीय टिममा नपरेका अन्य पाँचजनालाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ। बिहीबार आउटडोर प्रशिक्षणको तस्वीरहरु सार्वजनिक गरेको क्यानले शुक्रबार भने जिमको तस्वीरहरु सार्वजनिक गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *