आफ्ना परमाणु वैज्ञानिकको इजरायलले हत्या गरेको इरानको आरोप, बदला लिने चेतावनी

डिसी नेपाल
१३ मंसिर २०७७ १८:३३
452
Shares

बीबीसी । इरानका राष्ट्रपतिले आफ्नो देशका एक वरिष्ठतम परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै पारमाणविक कार्यक्रम धीमा नबनाइने बताएका छन्।

राष्ट्रपति हसन रुहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनी समेत दिए। इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।

तर विगतमा उसले इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको थियो। परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ।

राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले यसअघि पुष्टि गरेको थियो। दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।

इरानका विदेशमन्त्री जवाद जारिफले कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म भन्दै हत्याको निन्दा गरेका छन्। इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *